Media Network

एक यस्तो ठाँउ जहाँ पुजिन्छ ड्रागनलाई


खबरस्टोरी संवाददाता

२३ पुष २०७८,शुक्रबार

सामान्यतया हरेक मन्दिरहरुमा कुनै न कुनै देवदेवताहरुको पुजा गर्ने गरिन्छ । भनिन्छ जहाँ मन्दिर त्यहाँ भगवानको बास हुने गर्दछ ।तर विश्वमा एउटा यस्तो देश पनि छ जहाँ भने विशाल जनावर ड्रागनको पुजा हुन्छ । ड्रागनलाई भगवानको रुपमा पुज्ने देश हो थाइल्याण्ड, राजधानी बैंककबाट करिब चालिस किलोमिटरको दुरीमा अवस्थित एक मन्दिर छ जसको नाम वाटसमफरान हो तर सो मन्दिरलाई ड्रागन टेम्पलको नामले चिन्ने गरिन्छ ।


१७ औ तल्लाको यो गुलावी भवनलाई ड्रागनले चारैतिरबाट बेरेको छ । जो हेर्नमा अत्यन्त मनमोहक र आकर्षक छ ।

मन्दिरको भित्तामा ड्रागनको पञ्जा देख्न सकिन्छ,जुन बिल्कुल असली जस्तो छ ।


आश्चर्य त के छ भने मन्दिरलाई बेरेको ड्रागनको भित्री हिस्सा भने पुरै खाली छ, जसको भित्री पेटको बाटोबाट नै मन्दिरको माथिल्लो तल्लामा पुग्न सकिन्छ । जहाँ सुन्दर गौतम बुद्वको विशाल मुर्ती रहेको छ ।


  


Share:
Reaction :
ताजा समाचार
खेलकुद