Media Network

राष्ट्रसंघको महासभाः रुसविरुद्ध नेपालको मतदान, भारत र चीन तटस्थ


खबरस्टोरी संवाददाता

१९ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ ।

रुस–युक्रेन युद्ध जारी रहेकाबेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।

राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्‍मा ४७ देश सदस्य छन् । 

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्‍मा नेपाल छैन । सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन् ।

त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्रको सभामा (यूएनजीए) मा रूसको विरुद्धमा युक्रेनमाथि हमला गरेको विषयमा खेद प्रस्ताव पारित भएको हो । 

यो प्रस्तावमा रुसले युक्रेनबाट आफ्नो सेना बिनाशर्त फिर्ता बोलाउनुपर्ने उल्लेख छ । राष्ट्रसभामा कुल १९३ देशमा १४१ देशले रूसको विरुद्धमा मतदान गरेको छ । पाँच देशले भने रूसलाई साथ दिएका छन् । यी पाँच देशमा रुससहित छ । 

३५ देशले मतदानमा भाग लिएन । ती मध्ये भारत, पाकिस्तान, चीन, बंगलादेश र श्रीलंका पनि रहेका छन् । दुई छिमेकी मुलुक भारत र पाकिस्तान तथा दक्षिण एशियाली मुलुक बंगलादेश र श्रीलंका तटस्थ रहँदा नेपालले भने रुसको विपक्षमा मतदान गरेको छ । 

भारतले भने यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदमा पनि रुसविरुद्धको खेद प्रस्तावमा तटस्थ रहेको थियो । राष्ट्रसंघको दुई दिनको विशेष आपतकालिन सत्रमा मतदान अघि १२० देश, क्षेत्र तथा संस्थाले युक्रेन संकटकाबारेमा धारणा राखेका थिए ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद