Media Network

विश्व इतिहासमा आजका घटनाक्रम


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । सचिन तेन्दुलकरको किर्तिमानी

सन् २०१० मा भारतका सचिन तेन्दुलकर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दोहोरो शतक बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए । तेन्दुलकर  क्रिकेट जगतमा उत्कृष्ट ब्याट्सम्यानको रूपमा विश्वभर चिनिन्छन् ।

नाजी पार्टीको स्थापना

सन् १९२० मा जर्मनीमा नाजी पार्टीको स्थापना भएको थियो । सन् १९२१ मा एडोल्फ हिटलर पार्टीको नेता बनेका थिए ।

जर्जियाली क्यालेन्डर सुरु

सन् १५८२ को २४ जनवरीमा पहिलो पटक पोप ग्रेगोरी १३ औं ले जर्जियन क्यालेन्डरको सुरु गर्न आदेश दिएका थिए । सोही समयदेखि जर्जियाली क्यालेन्डर  प्रयोगमा आएको  विश्वास गरिन्छ ।

एन्ड्रिउ जोनसनलाई महाअभियोग

सन् १८६८ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले तत्कालिन राष्ट्रपति एन्ड्रिउ जोनसनलाई महाअभियोग लगाएको थियो । जोनसनले अंगिकार गरेको पुनर्निर्माण नीतिका कारण कट्टरपन्थी रिपब्लिकनहरू क्रुद्ध बनेका थिए ।

कम्युनिस्ट पार्टी अफ क्युबा

सन् १९७६ मा क्युबामा फिडेल क्यास्ट्रोको शासनले क्युबाको संविधान अंगिकार गरेको थियो, जसले क्युबामा एक मात्र राजनीतिक दल कम्युनिस्ट पार्टी अफ क्युबालाई मान्यता दिएको थियो । 

सन् १९५५ को २४ जनवरीमा अमेरिकी व्यावसायी स्टेभ जब्सको जन्म भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद