Media Network

युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमण, १५ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौ ।युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु भएको छ । उक्त आाक्रमणमा परि ५० जना घाइते भएका छन् । 

‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने।

राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद