Media Network

युक्रेन–रुस युद्धः १० लाख बढीले युक्रेन छाडे, युरोपकै ठूलो परमाणु प्लान्टमा आक्रमण


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । युक्रेन र रुसबीच जारी युद्धका कारण अहिलेसम्म १० लाख भन्दा बढीले युक्रेन छाडेका छन् । 

संयुक्त राष्ट्रकाअनुसार अहिलेसम्म १० लाख बढीले युक्रेन छाडेका हुन् । 

अझै पनि युक्रेनको शहर खारकिएवको ट्रेन स्टेशनमा दशौं हजार नागरिक देश छाड्ने तयारीमा निस्किएका छन् । 


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले ठूलो संख्यामा मानिसहरुलाई ट्रेन स्टेशनमा बन्धक बनाएर राखेको बताएका छन् । खारकिएवमा ३ हजार १ सय ७९ जना भारतीय विद्यार्थीहरु मात्रै टे«ेन स्टेशनमा रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

युक्रेनको सुरक्षा बलले हजारौं विदेशी नागरिकलाई खारकिएव छोड्नबाट निस्किन नदिएको पुटिनको आरोप छ । 

युरोपकै सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागि

युरोपकै सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

युक्रेनका इनरहोडार शहरका मेयर दिमित्रो ओर्लोवकाअनुसार उक्त शहरमा लगातार बमबारी भइरहेको छ । ओर्लोवले यसभन्दा अघि इनरहोडार शहरको बाहिर रुसी तथा युक्रेनी सेनाकाबीच भिषण लडाई भएको जानकारी दिएका थिए । 


रुसी सैनिक ट्याङबाट शहरमा प्रवेश गरी परमाणु प्लान्टमा नियन्त्रण गर्ने कोशिष गरेको थियो । तर बुधबार स्थानीय नागरिक तथा प्लान्टका कर्मचारीले सडकमा अवरोध गरी प्लान्टको बाटो अवरोध गराइदिएका थिए । 

युक्रेनमा पछिल्लो समय चार वटा परमाणु प्लान्ट चलिरहेका थिए । 

दोस्रो चरणको वार्ता असफल 

रुस र युक्रेनबीच युद्धविरामको पहल स्वरुप बेलारुसमा दोस्रो चरणको वार्ता पनि असफल भएको छ । 

दोस्रो चरणको वार्ता पनि बिना निश्कर्ष सकिएको युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोलिकले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनकाअनुसार युक्रेनका विदेशी नागरिकहरुलाई भने सुरक्षित तरिकाले निकाल्नेबारेमा भने सहमति भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद