Media Network

यूक्रेन–रुस युद्धः पाँचौं दिनमा जारी, घातक बम खसालियो


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

काठमाडौं । यूक्रेनमाथि रूस पाँचौ दिन पनि आक्रमण जारी राखेको छ । रुसी हमलाको पाँचौं दिन आक्रमण अझ बढाउँदै लगिएका छ । चौंथो दिनको आक्रमणपछि यूक्रेन वार्ताका लागि सहमत भएको थियो । 

यूक्रेनमा आक्रमण भइरहँदा बेलारुसमा दुई देशका प्रतिनिधिमण्डलकाबीच वार्ता भइरहेको थियो । दुई देशबीचको वार्ता पाँच घण्टासम्म चलेको थियो । तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो । तर वार्ताले निश्कर्ष निकाल्न सकेन । 

वार्ता चलिरहँदा पनि दर्जनौं यूक्रेनी नागरिक रूसको आक्रमणमा परि मारिएका छन् । 

यूक्रेनका अधिकारीका अनुसार, युद्धको पाँचौं दिन रूसी आक्रमणमा दर्जनौं सर्वसाधारण मारिएका छन् । उनका अनुसार, यूक्रेनको दोस्रो महत्वपूर्ण शहर खारकीएवमा सोमवार रकेटबाट आक्रमण गरिएको छ । 


यूक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बम हमला

यूक्रेन–रुस लडाई तीव्र भइरहँदा रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् । 

रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ । 

अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन् । 

‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे । रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने । थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा बिस्फोट हुन्छ । 

परम्परागत बिस्फोटक पर्दाथको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीर वास्पिकरण गर्न सक्छ । (एजेन्सी)


Share:
Reaction :
ताजा समाचार
खेलकुद