Media Network

यमनको कारागारमा गठबन्धन सेनाको आक्रमण, ७० जनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

काठमाडौं । यमनको एक कारागारमा यूएन गठबन्धनको सेनाले हवाई हमला गरेको छ । 

गठबन्धन सेनाको उक्त आक्रमणमा परि कम्ती ७० जनाको मृत्यु हुनुका साथै १ सय ३८ जना घाइते भएको हुथी सरकारका अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

उत्तरी यमनको सो क्षेत्रमा घातक बम विस्फोट गराइएको थियो ।  साउदी नेतृत्वको सैन्य गठबन्धनले हमला गरेसँगै हुथी विद्रोहीले पनि जवाफ हमलाहरु बढाएको छ । देशको उत्तरी क्षेत्र नियन्त्रण गर्न कारागारमा रहेका ७० भन्दा मारिएका छन् । 

आक्रमणमा सबैभन्दा बढी आप्रवासीहरु घाइते भएका छन् । विद्रोहीले रातको समयमा गरेको हमलाका कारण टेलिकम्युनिकेशनको मुख्य प्रणाली पनि उनीहरुकै नियन्त्रणमा रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

कारागारमा भएको आक्रमणको विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले निन्दा गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद