Media Network

युरोपीय संसदमा यूक्रेनी राष्ट्रपतिको भावुक सम्बोधन


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युरोपेली संघको विशेष सत्रलाई सम्बोधन गर्दै आफ्नो देशमा जे भइरहेको छ, त्यो दुखद भएको बताएका छन् । 

मंगलबार भिडियो लिङ्क मार्फत युरोपेली संघको विशेष सत्रलाई सम्बोधन गर्दै उनले आफ्नो देशको अवस्थाबारे भावुक सम्बोधन गरेका हुन् । 

जेलेन्स्कीले युक्रेनीहरुलाई कसैले टुक्र्याउन नसक्ने बताए । उनले भने, ‘हामीलाई कसैले टुक्राउन सक्दैन, किनकि हामी युक्रेनी हौं ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्ना शहरहरु अवरुद्ध रहेको तर युक्रेनका जनता आफ्नो भूमि, आफ्नो स्वतन्त्रता र आफ्नो जीवनका लागि लडिरहेको उल्लेख गरे । 

जब युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो सम्बोधन सके, तब युरोपेली संघका संसदहरुले उभिएर उनलाई अभिवादन गरे । 

जेलेन्स्कीले ईयूलाई यो युद्धमा युक्रेनको साथ रहेको प्रमाणित गर्न पनि आग्रह गरे । उनले सोमबार युरोपेली संघमा सामेल हुन आधिकारिक अनुरोध गरेका थिए ।

‘युरोपीय संघ (इयू) हाम्रो साथले बलियो हुनेछ तर इयूबिना युक्रेन एक्लै छाडिनेछ ।’ –जेलेन्स्कीले युरोपेली संसदलाई भने ।

उनले भने, ‘तिमी हामीसँग छौ भनी प्रमाणित गर । तिमीले हामीलाई जान नदिने भनेर प्रमाणित गर । तिमी साँच्चै युरोपेली हौ भनेर प्रमाणित गर तब जीवनले मृत्युमाथि विजय हासिल गर्नेछ र अन्धकारमाथि प्रकाशको विजय हुनेछ ।’

जेलेन्सीसीले सम्बोधनका क्रममा रुसले युक्रेनका बच्चाहरुलाई समेत निशाना बनाएको उल्लेख गर्दै सोमवार १६ बालबालिकाको हत्या भएको पनि आरोप लगाए । 

जेलेन्स्की भिडियो कन्फरेन्समार्फत युरोपेली संसदको विशेष सत्रमा जोडिएपछि ईयू सदस्यहरूले उनको प्रशंसा गर्न उभिएका थिए ।

रुसले आक्रमण गरिरहँदा युक्रेनलाई ईयूले आफ्नो सदस्य राष्ट्रमा सामेल गरेको छ । रुसले आक्रमण जारी राख्दा ईयू राष्ट्रहरु प्रतिवादमा उत्रिने सम्भावना बढेको छ । जसका कारण तेस्रो विश्वयुद्धको खतरा बढेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद