Media Network

संखुवासभामा हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर


खबरस्टोरी संवाददाता

२२ बैशाख २०८०,शुक्रबार

काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा  क्याप्टेल सुरेन्द्र पौडेलसहित तीनजना घाइते भएका छन् । अहिले दुर्घटना स्थालमा सिम्रिकले अर्काे हेलिकप्टर पनि पठाएको छ । दुर्घटना पछिको अवस्था बारेमा कुनै जानकारी नभएको सिम्रिकले बताएको छ ।

तर स्थानीयका अनुसार दुर्घटनामा कोपाइलट टिम मेम्बर छिरिङ भोटे र स्थानीय भविन गुरुङ पनि घाइते भएका छन् ।

सिम्रिकले भन्यो, ‘हेलिकप्टर दुर्घना भएको ठाउँमा फोन लाग्दैन । हामीले अर्काे हेलिकप्टर पठाएका छौं । केही बेरमा घटनाको जानकारी आउने छ ।’

संखुवासभामा हेलिकप्टर दुर्घटना

Share:
Reaction :
ताजा समाचार
खेलकुद