उनले हेलिकप्टर भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको बताइन।‘हामी योजना अनुगमनको क्रममा थियौं । वारीबाट रातो हेलि गुडुङगुडुङ आवाज गर्दै झरेको देख्यौं । फोनको टावर राम्रो छैन । थप बुझ्ने प्रयास भइरहेको छ’, उनले भनिन् ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार हेलिकप्टर दुर्घटनामा परेको खबर प्रहरी–प्रशासनलाई प्राप्त भएको छ । उनले त्यसतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।
‘स्थानीयले हामीलाई खबर गरेका छन् । प्रहरी त्यसतर्फ पठाएका छौं । विस्तृत विवरण केहीबेरमा आउला ।’
उक्त क्षेत्र अत्यन्तै विकट भएको र मोबाइल नेटवर्क पनि राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकी छ ।