Media Network

शिक्षक सम्मानमै मेयरको राजनीति !


खबरस्टोरी संवाददाता

१२ आश्विन २०८०,शुक्रबार

कावासोती । राष्ट्रिय शिक्षा दिवसका सन्दर्भमा नवलपुरको देवचुली नगरपालिकाले वितरण गरेको पुरस्कार विवादित बनेको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा २०७९ सालको एसईईमा उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरुलाई नगरपालिकाले विहीबार एक कार्यक्रम गरी सम्मान गरेको थियो । 

नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले शिक्षक सम्मानका क्रममा राजनीतिक आस्थाका आधारमा सम्मान गरेको भेटिएको हो । यस वर्षको एसईईमा ३.४ जीपीए नतिजा ल्याएर प्राविधिक धारतर्फ देवचुली मावि जिल्लाकै उत्कृष्ट बनेको थियो । एसर्ईईमा गणित विषयमा पालिकाकै प्रथम भएकाले विद्यालयको तर्फबाट प्रधानाध्यापक नारायण भण्डारीले गणित शिक्षक दीपराज रेग्मीको नाम सिफारिस गरेका थिए । 

तर राजनीतिक आस्थाका आधामा मेयर न्यौपानेले सोही विद्यालयको नेपाली माध्यामतर्फका शिक्षक हिरा केसीलाई सम्मान गरेका छन् । शिक्षक सम्मानकै क्रममा राजनीतिक आस्थाका आधारमा केसीलाई सम्मान गरिएको शिक्षक रेग्मीले गुनासो गरेका छन् । देवचुली मावि विगत एक वर्षदेखि मेयर न्यौपानेको घेराबन्दीका कारण ब्यवस्थापन समितिविहिन बनेको छ । मेयर न्यौपानले आफूखुशी ब्यवस्थापन समिति गठन गरेपछि उक्त निर्णयविरुद्धको मुद्दा पुनरावेदन अदालत पोखरामा विचाराधीन छ । न्यौपानेले एमालेबाट निर्वाचित मेयर हुन् । 

राजनीतिले ग्रसित देवचुली विद्यालय : मेयरकै मान्छे चाहिँदा नौ महिनासम्म बनेन व्यववस्थापन समिति

देवचुली विद्यालय व्यवस्थापन समिति विवाद : अदालतले माग्यो मेयर न्यौपानेसँग लिखित जवाफ

Share:
Reaction :
ताजा समाचार
खेलकुद