Media Network

देवचुली विद्यालय व्यवस्थापन समिति विवाद : अदालतले माग्यो मेयर न्यौपानेसँग लिखित जवाफ


अञ्जन बस्नेत

२८ असार २०८०,बिहीबार

देवचुली ।देवचुली विद्यालय व्यवस्थापन समिति चयन विरुद्धको उजुरीमा अदालतले मेयर हरिप्रसाद न्यौपानेलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। मेयर न्यौपानेले विद्यालयमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उच्च अदालत पोखरामा राजेन्द्र खत्रीले उजुरी दिएका थिए। 

उजुरी उपर विद्वान अधिवक्ता वेद बहादुर विष्टले बहस गरेका थिए। 

अदालतले मेयर न्यौपानेलाई निवेदकको माग अनुसारको आदेश किन जारी हुन नपर्ने हो ? भन्दै लिखित जवाफ मागेको हो।

साथै निवेदकलाई अन्तरिम आदेशको छलफलका लागि मिति २०८०/०४/१७ गतेको पेशी टोकेको छ ।

मेयर न्यौपानेले  नगर शिक्षाले नगर शिक्षा ऐन संशोधन गरि हेमप्रसाद न्यौपानलाई व्यवस्थापन समितिको सदस्य चयन गरेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद