Media Network

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो


खबरस्टोरी संवाददाता

२ माघ २०७९,सोमबार

काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए ।  

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । 

उक्त ब्ल्याक बक्स आजै काठमाडौं ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

“ब्ल्याक बक्स” जसबाट पत्ता लाग्छ विमान दुर्घटनाको कारण

Share:
Reaction :
ताजा समाचार
खेलकुद