Media Network

आबुखैरेनीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–१ बरादीमा गए राती मोटरसाइकलले ठक्करदिँदा एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका तनहुँको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागि हाडजोर्नी अस्पताल पठाइएको छ ।

डुम्रेबाट आँबुखैरेनी तर्फ आउँदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले गिरीलाई हिजो बेलुकी करिब ८ बजे ठक्कर दिएको हो । उक्त दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद