Media Network

आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं । निर्वाचन आयोगले आज विभिन्न राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । आयोगले संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको हो ।

आयोगका अनुसार निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गर्न लागेको हो। छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद