Media Network

आगलागीमा मृत्यु भएका निराकारको झापामा अन्त्येष्टि


खबरस्टोरी संवाददाता

७ माघ २०७९,शनिबार

काठमाडौँ   । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका १ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याएर आजै अन्त्येष्टि गरिएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर बिर्तामोडस्थित निवासमा पुर्‍याइएको थियो ।

युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो । 

पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको हो । बिर्तामोडस्थित निवासबाट पाण्डेको श वयात्रा गरिएको थियो । शवयात्रामा सहभागी हुन ठुलो संख्यामा मानिसहरु भेला भएका थिए । आजै कनकाई माईमा पाण्डेको अन्त्येष्टि गरिएको छ ।नेपाल सरकारको सहयोगमा उनको शव शुक्रबार राती ११:२० बजे काठमाडौं आइपुगेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद