Media Network

आइएलओको अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आयोग सदस्य डा. फुयाल जेनेभा प्रस्थान


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौं।राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् । सामाजिक सुरक्षा र सार्वजनिक वित्त व्यवस्थापनबीच समन्वय सुधार गर्न आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन सदस्य फुयाँल आइतबार विहान कतारको दोहा ट्रान्जिट भएर स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका हुन् ।

जुन १८ देखि २८ सम्म हुने सेमिनारमा नेपालका तर्फबाट सदस्य फुयाँलले सम्वोधन समेत गर्नेछन् । नेपालमा श्रमिक समस्या, रोजगारीको अवस्था लगायतका विषयमा डा. फुयाँलले सम्वोधन गर्ने कार्यसूची छ । सेमिनारमा सहभागी भएर फुँयाल जुलाई १ मा स्वदेश फर्कनेछन् ।

आईएलओ, युनिसेफ, ग्लोबल कोलिसन फर सोशल प्रोटेक्शन फ्लोर्स र युरोपेली युनियनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीले दिगो विकास र निर्माणका लागि नवीन अभ्यास र रणनीतिहरूबारे छलफल गर्ने छ । यस गोष्ठीमा एशिया, युरोप, अफ्रिका, अमेरिकाका विभिन्न देशका नीति निर्माताहरू, सामाजिक साझेदारहरू, नागरिक समाज र विकास साझेदारहरू सहभागी हुँदैछन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद