Media Network

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै


खबरस्टोरी संवाददाता

१५ असार २०८०,शुक्रबार

काठमाडौं । आज असार १५ अर्थात धान दिवस। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा कृषिमा आधारित छ । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।आजका दिन असारे भाकामा गीत गाउँदै हिलोमा धान रोपिन्छ ।

आजकै दिनमा दही चिउरा पनि खाने गरिन्छ । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद