Media Network

आज देशका यी भू-भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना


खबरस्टोरी संवाददाता

७ चैत्र २०७९,मंगलवार

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ । 

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही दिन देशको मौसम प्रतिकुल रहने महाशाखाले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद