Media Network

आजदेखि फेवातालमा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल


खबरस्टोरी संवाददाता

८ असार २०८०,शुक्रबार

पोखरा । आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ ।दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज उद्घाटन हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ ।

पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको विमानबाट पोखरा आएका चिनियाँ खेलाडीहरूले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेको छ ।

आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रूपमा रहेका छन्।

चीनबाटै केरुङ नाका हुँदै ८ वटा विशेष खालका वोट, अन्य आवश्यक सामग्री ल्याइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना रहेको छ । चीनले यस प्रकारको वोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना गर्दै आइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद