Media Network

आमनिर्वाचन कार्यतालिका : दशैअघि र पछि प्रत्यक्ष र समानुपातिक उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौ । प्रतिनिधि सभा तथा प्रदेश प्रतिनिधिसभाको चुनावका लागि असोज २३ गते मनोनयन हुने भएको छ । 

निर्वाचन आयोगले तयार पारेको कार्यतालिकाअनुसार मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ मा मनोनयन हुनेछ । असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हो ।

आयोगको बैठकले कार्यतालिका तयार पारे पनि त्यसको औपचारिक घोषणा भने गरेको छ ।  त्यसैगरी समानुपातिकतर्फ बन्द सूची बुझाउने समय भने असोज २ र ३ गते तय गरिएको छ । जसको कारण प्रतिनिधिसभाको कार्यकाल असोज १ गते मात्रै रहने भएको छ ।

आयोगले असोज २६ मा अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।

२४ देखि २५ गतेसम्म उम्मेदवारको सूची प्रकाशन, विरोधको उजुरी, जाँचबुझ, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका काम हुनेछन्।  आयोगले निर्वाचन प्रचारप्रसारका लागि असोज २७ देखि मंसिर १ सम्म ३६ दिन समय दिने भएको छ। प्रचार सकिएपछि ४८ घण्टाको मौन अवधि सुरु हुनेछ।

मंसिर ४ गते एकै पटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुनेछ ।  प्रतिनिधिसभामा १ सय ६५ स्थान प्रत्यक्ष निर्वाचित हुनेछन भने १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट छानिने छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद