Media Network

आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू टंगालबाट भद्रकालीतिर लागे


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७९,मंगलवार

काठमाडौं । आफूहरूको समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू काठमाडौंको टंगालमा धर्ना सकेर भद्रकालीतिर लागेका छन् ।उनीहरूले भद्रकालीमा धर्ना दिने बताएका छन् ।
बर्दिबासबाट पैदल यात्रा गर्दै काठमाडौं आएका उनीहरूलाई प्रहरी र महानगरीय प्रहरीले खुल्लामञ्च प्रवेश गर्न रोकेका थिए ।
त्यसपछि सडकमै रात बिताएका उनीहरूले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन भनेर अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेको थियो । त्यसपछि उनीहरू टंगालमै धर्ना बसेका थिए ।
टंगालमै आएर मुख्यसचिवले उनीहरूलाई धर्ना स्थगित गर्न आग्रह गरेका थिए । तर उनीहरूले प्रधानमन्त्रीलाई आफ्ना पीडा सुनाउने बताएका थिए ।
आफूहरूका माग पूरा नभएसम्म प्रदर्शन नरोकिने उनीहरूले बताएका छन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद