Media Network

"आदिपुरूष''को संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको चेतावनी


खबरस्टोरी संवाददाता

३२ जेष्ठ २०८०,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै उक्त शब्द हटाउन तीन दिनको समय दिँदै माता सीताको जय होस्  लेखेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद