Media Network

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०७९,बुधबार

काठमाडौ।निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताएकी छन् । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताईन् । 

सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाई थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिन । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,” तुलाधारले भनिन, “आचारसंहिता सबैलाई समान रुपमा लागु हुन्छ ।” आचारसंहिता उल्लंघनका विषयमा आयोग कडा रुपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधारले आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पारिन । “आचारसंहिताको परिधिमा रहेर दलले प्रचारप्रसार गर्नुहोस्, प्रचारप्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्,” उनले भनिन । स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सझाईन । आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गरिन । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्ड बमोजिम तथ्याङ्क राख्न आग्रह गर्दै तुलाधारले भनिन, “यस विषयमा आयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।”

संविधान र कानून बमोजिम आयोग आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध रहेको बताउँदै तुलाधारले आयोगको काममा सरोकारवाला निकायको सहयोगको अपेक्षा गरिएको बताइन । “स्थानीय तह निर्वाचनमा सरोकारवालाको भूमिकाले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उत्तिकै सहयोगको अपेक्षा आयोगको छ,” उनले भनिन् । 

मतदातालाई सचेत बनाउन तल्लो तहसम्म मतदाता शिक्षा सञ्चालन गरिएको र त्यसका लागि दल तथा उम्मेदवारहरूले सहयोग पु¥याउनुपर्ने उनको भनाई थियो । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधुनिक जग भएको बताउँदै निर्वाचनको महत्वपूर्ण कडी आचारसंहिता भएको उल्लेख गरे ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद