Media Network

अभिभावकको मायाको चिनो ‘ग्रेटर नेपाल’


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघ नवलपुरले मायाको चिनोको रुपमा ग्रेटर नेपालको नक्सा प्रदान गरेको छ । 

संघको दोस्रो जिल्ला अधिवेशनका अवसरमा आमन्त्रित अतिथिहरुलाई मायाको चिनोको रुपमा ग्रेटर नेपालको नक्सा उपहार प्रदान गरेको हो । ‘कुनैबेला नेपाल यस्तो थियो भन्ने कुरा हाम्रा बालबालिकाहरुले थाहा पाइराख्नु पर्छ । ‘बालकालिकालाई इतिहासको जानकारी गराउने हामी अभिभावक नै हो । अभिभावकहरुको साझा संस्थाका नेतृत्व र शैक्षिक क्षेत्रका ब्यक्तित्वहरुलाई अवगत गराराउनका लागि ग्रेटर नेपालको नक्सा मायाको चिनोको रुपमा प्रदान गरिएको हो ।’– संघका नवनिर्वाचित नवलपुर अध्यक्ष युवराज वाग्लेले भने । 

वाग्ले निर्विरोध निर्वाचित

नेपाल राष्ट्रिय अभिभावक संघको नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा शनिवार सम्पन्न भएको दोस्रो जिल्ला अधिवेशनले युवराज वाग्लेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । 

यस्तै खुल्ला उपाध्यक्षमा रामप्रसाद रिजाल र महिला उपाध्यक्षमा लक्ष्मी विश्वकर्मा, सचिव दुर्गा भुसाल, सहसचिव सीता जिसी, कोषाध्यक्ष नारायणप्रसाद सापकोटा र सह–कोषाध्यक्षमा चन्द्रकला भण्डारी निर्वाचित भएका छन् । सदस्यमा हुमकला गौतम, रबिन्द्र साठिघरे, कलादेवि दाहाल, तारादेवि सापकोटा, टिकाराम देवकोटा, गुनबहादुर श्रेष्ठ, हेमनाथ तिवारी, रुक्मागत घिमिरे निर्वाचित भएका छन् । अन्य पाँच सदस्य भने मनोनित गर्ने ब्यवस्था रहेको संघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद