Media Network

अछाम पहिरो : १७ जनाको मृत्यु, ६ जना अझै बेपत्ता


खबरस्टोरी संवाददाता

१ आश्विन २०७९,शनिबार

अछाम । लगातारको वर्षासँगै आएको पहिरोका कारण अछाममा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । पहिरोमा परी घाइते भएका ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । 

हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ । अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद