Media Network

अछाममा पहिरोमा पुरिएका १२ जनाको शव फेला, उद्धारमा कठिनाई


खबरस्टोरी संवाददाता

१ आश्विन २०७९,शनिबार

अछाम । अविरल वर्षापछि आएको पहिरोका कारण अछाममा १२ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाकै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २–२ जनाको शव फेला परेको छ । स्थानीय प्रहरीका अनुसार अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । पहिरो गएको स्थान विकट रहेकाले पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको छ ।

अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको हो । हिँड्ने बाटोसमेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको हो । शुक्रबार राति दुई बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक गाउँको दुई सय मिटरमाथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो गएको थियो ।

पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिएको छ नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिएका छन् ।

स्थानीय प्रतापबहादुर शाहीका अनुसार अहिले तत्काल १० घर पनि जोखिम पहिरोको जोखिममा परेको छ । पहिरोमा पुरिएकामध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ । अन्यको खोजी गर्न गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।पहिलो गएको स्थान तुर्माखाँद सदरमुकामबाट १५ कोस टाढा छ । यहाँ हिँडेर जाँदा ९ घण्टा बढी समय लाग्छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद