Media Network

अरनिको राजमार्गमा २० मिटर सडक भासियो, सवारी आवागमनमा रोक


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौं।  अरनिको राजमार्गअन्तर्गतको सडक भासिएको छ।  अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको हो । 

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ । सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद