Media Network

अर्थ सचिवको जिम्मेवारीमा कृष्णहरि पुष्कर


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

काठमाडौं । सरकारले अर्थमन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारीमा रहेका पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ।पुष्करलाई अर्थसचिवसमेत हेर्नेगरी जिम्मेवारी दिइएको हो।

बजेट प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मा र सचिव मरासिनीबीच विवाद उब्जिएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद