Media Network

अस्ट्रेलिया भ्रमण सकेर प्रधानसेनापति शर्मा स्वदेश फिर्ता


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौँ ।  अस्ट्रेलिया भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् । ९ दिने लामो अस्ट्रेलिया भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन् । 

अस्ट्रेलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा भ्रमणमा गएका थिए।

सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरेका थिए । स्वागतमा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति थियो ।

त्यस्तै प्रधानसेनापति शर्माको सम्मानमा आइतबार जंगी अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ।

प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरूमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको नेपाली सेनाले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद