Media Network

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पुनःसञ्चालनमा


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

चितवन । पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पुन सञ्चालनमा आएको छ।सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो।

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद