Media Network

अवैध संरचना हटाउन बुटवल उपमहानगरको अल्टिमेटम (पत्रसहित)


खबरस्टोरी संवाददाता

२५ भाद्र २०७९,शनिबार

बुटवल । बुटवल उपमहानगरपालिकाले सडक पेटीमा अव्यवस्थित रूपमा राखिएका सामाग्री तीन दिन भित्र हटाउन अग्रह गरेको छ ।

उपमहानगरले शुक्रबार एक सुचना जारी गर्दै नगर सफा, सुन्दर र व्यवस्थित राख्न सडक पेटीमा राखिएको निर्माण सामाग्री, पसल लगायत अबैध संरचना हटाउन आग्रह गरेको हो ।

‘बुटवलको गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरू समेतमा सडकको क्षेत्राधिकार, सडकपेटी, चोक, चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, टङ्की, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरू राखी अवरोध गर्ने गरेको देखिएकोले आजको मितिले ३ दिनभित्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको छ ।’ उपमहानगरद्वारा जारी सुचनामा भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद