Media Network

बाढीमा फसेका चार जनाको सकुशल उद्धार


खबरस्टोरी संवाददाता

१४ श्रावण २०८०,आईतवार

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको साउन १३ गते राती सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।  

निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम  सुनार, ४० वर्षीय सुदिप गुरुङ्ग, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपाली फसेका थिए।

सो बारे जानकारी पाउनासाथ न‌ २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरुको सकुशल उद्वार गरेको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद