Media Network

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौँ। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाउको छ । छन् ।

प्रहरीका अनुसार जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको हो।  विकको घटनास्थलमै मृत्यु भएको एक प्रहरीले बताए।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको छ।जिप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद