Media Network

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

काठमाडौं । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।

आमाको बिहीबार बिहान करिब चार बजे निधन भएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद