Media Network

बागमती प्रदेशसभा परिसर जलमग्न , छिर्न सकेनन् प्रदेशसभा सांसदहरु


खबरस्टोरी संवाददाता

१२ असार २०८०,मंगलवार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको बागमती प्रदेशसभा भवन परिसरजलमग्न भएको छ । प्रदेशसभा भवन परिसरजलमग्न हुँदा सांसदहरु बैठकस्थल छिर्न सकेका छैनन् ।

गत असार १ गते पारित भएको आर्थिक वर्ष २०८०÷०८१ को बजेटको सन्दर्भमा आज सुरु हुने भनिएको बैठकमा सहभागी हुन प्रदेश सांसदहरु आएका थिए । तर, केही बेरमात्रै परेको पानीको कारण प्रदेशसभा परिसर जलमग्न हुँदा १ बजे सुरु हुने भनिएको बैठकमा सहभागी हुन सांसदहरुलाई मुस्किल परेको हो ।

प्रदेशसभा छिर्ने ढोकासम्म पानी जमेपछि सांसदहरु अलमलमा परेका थिए । प्रत्येक पटक पानी पर्दा यस्तो समस्या आए पनि समाधानमा चासो दिइएको छैन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद