Media Network

बागमतीमा आजदेखि लाइसेन्समा ग्रेडिङ सिस्टम लागू, ७० अङ्क ल्याए ट्रायल पास


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौँ।। बागमती प्रदेशमा आजबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू गरेको हो । फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते बिदा परेकोले २ गते आजबाट लागू गर्ने भएको हो । 

प्रदेशमा पटक पटक रोकिँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणाली आजबाट लागू हुने प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए पास हुने प्रणाली लागू हुने भएको हो । 

यसअघि सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण ३ पटकसम्म रोकिएको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारका लागू गर्न निर्देशन दिएको हो । सो प्रणाली यस अघि नै अन्य प्रदेशहरुमासमेत लागू भइसकेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद