Media Network

भूकम्प : उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी


खबरस्टोरी संवाददाता

१८ कार्तिक २०८०,शनिबार

काठमाडौं । सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।

‘भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्,’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद