Media Network

भूकम्पले खोटाङका केही घरमा क्षति


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौँ। आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ म्याग्नीच्युडको भूकम्पबाट केही घरमा क्षति पुगेको छ। 

मात्तिमबिर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको साकेला-५ का वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको बताइन्। यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले भूकम्पले हालसम्म मानवीय क्षतिको भने विवरण नआएको र क्षतिको विवरण संकलन भइरहेको बताए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद