Media Network

भोलि हुने निर्वाचनमा एक करोड ९० लाख जनाले मतदान गर्ने कुन प्रदेशमा कति ?


खबरस्टोरी संवाददाता

३ मंसिर २०७९,शनिबार

काठमाडौँ । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट उक्त संख्यामा मतदाताले मतदान गर्ने भएका हुन् ।जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । यस प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् ।

प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् भने मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा ३२ लाख २९ हजार ६३७ मतदाता रहेका छन् । १८ लाख १७ हजार ५४१ जना मतदाता रहेको आयोगले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् भने कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ जना मतदाता छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद