Media Network

भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक विदा


खबरस्टोरी संवाददाता

२३ भाद्र २०७९,बिहीबार

काठमाडौँ । सरकारले भोलि (शुक्रबार) काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । इन्द्र जात्राको अवसरमा एक दिन उपत्यममा विदा दिने निर्णय गरेको हो । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो । 

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि मनाइने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ ।

बुधबारदेखि यो वर्षको इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको थियो। हनुमानढोका दरबार परिसरमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएसँगै यो वर्षको इन्द्रजात्रा सुरु भएको हो। 

करिब ३२ हातको लिङ्गोमा इन्द्रध्वजा राखेर साँस्कृतिक बाजागाजा, ब्याण्डबाजा र पञ्चेबाजा बजाएर आज बिहान शुभ साइतमा लिङ्गो ठड्याइएको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद