Media Network

भोलिदेखि लामो दूरीका सवारी गोंगबु बसपार्कबाट मात्र छुट्ने


खबरस्टोरी संवाददाता

३२ जेष्ठ २०८०,बिहीबार

काठमाडौं। काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलिबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्।

१ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको महानगरपालिकाका ट्राफिकले जनाएको छ।

ट्राफिकका अनुसार भोलिदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत भएका छन्।

महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने भएको छ। बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्‍न सकिन्छ की भन्ने अध्ययन गर्न जगतमान श्रेष्ठको संम्योजकत्वमा कार्यदल गठन भएको छ।

कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिलगायत छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद