Media Network

भिमादमा जिप दुर्घटना


खबरस्टोरी संवाददाता

२५ पुष २०८०,बुधबार

काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद