Media Network

भैरहवामा दुई साता के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लो आइतबार भैरहवा पुगेका छन् । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन् ।

एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए । शनिवार उनले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे । नेपालमै पहिलोपटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।

नेपाल एकीरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गरेका शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको बताइएको छ । यस्तै यही पुस १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । त्यस्तै १७ गते परासी जाने समितिले जानकारी दिएको छ ।

पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयन्द्रसहित यहाँ आएका हुन् । उनी भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन् । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गरेका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल गरे । १० गते बुटवलको ड्रिम होटलमा पुगेर बिहानको खाना खाएका थिए । भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्नेछन ।

पूर्वराजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गरेका छन् । समितिले भैरहवा पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिदा समेत नागरिक अभिनन्दनका संयोजक बस्यालले राजासँग भेटघाट नभएको बताएका थिए । उनले स्वागतमा विमानस्थलमा भेट भएको जनाएका थिए । पूर्वराजासँग अरु व्यक्तिगत तथा सामूहिक रूपमा कुराकानी छलफल गरे पनि सार्वजनिक रूपमा भने केही बोलेका छैनन । निजी सुरक्षा युनिटसहित अनौपचारिक भेटघाटमा उनी व्यस्त छन् । 

सञ्चारकर्मीहरूसँगको भेटघाटका लागि समितिले प्रस्ताव गरेको छ । १९ गते पछि नै तालिका बन्ने समितिले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद