Media Network

बाजुराको बिछिया केन्द्रबिन्दु भएर भूकम्प


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०८०,सोमबार

काठमाडौं । बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटक पटक भूकम्प गएको थियो ।

यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद