Media Network

बझाङमा फेरि गयो भूकम्प


खबरस्टोरी संवाददाता

२ कार्तिक २०८०,बिहीबार

काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो  ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

 बझाङ केन्द्रबिन्दु बनाएर असोज १६  गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो। असोज १६ यता पटकपटक पराकम्प आइरहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद