Media Network

बाँकेको कोहलपुरमा पनि अनधिकृत संरचना भत्काउन थालियो


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना भत्काउन शुरु गरेको छ । सोमबार बिहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो । 

कोहलपुर नगर विकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडक पेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अवैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्ण आचार्यले जानकारी दिए ।

 उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सुचना जारी गर्दा पनि हटाउन आनाकानी गरे पछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न  पुनः तीन दिने सूचना जारी गरिएको थियो । नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधि सकिए लगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सोमबार बिहान कोहलपुरको न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षासमेत दिनु परेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद