Media Network

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद