Media Network

बाख्रा चराउन गएकी एक महिला दुई दिनपछि मृत फेला


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौं। बाख्रा चराउन जाँदा हराएकी एक महिला मृत फेला परेकी छन्। गत बिहीबार बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी हुन्। 

बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ।

बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए। 

शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद