Media Network

बालकुमारी घटनामा चार बुँदे सहमति, मृतकलाई सहित र परिवारका सदस्यलाई रोजगारी


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

काठमाडौं । सरकारले बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवालाई सहिद घोषणा गर्ने भएको छ ।मृत्यु भएका युवकका परिवार र सरकारबीच सोमबार भएको चारबुँदे सहमतिमा उनीहरूलाई सहिद घोषणा गर्ने र मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी दिने सहमति भएको हो ।

रोजगारीका लागि कोरिया पठाउनका लागि लिइने परीक्षासम्बन्धी विवादमा झडप हुँदा अछामका वीरेन्द्र शाहको प्रहरीको गोली लागेर तथा दैलेखका सुजन राउतको प्रहरी कुटपिटबाट मृत्यु भएको थियो ।

सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकको शवलाई सम्बन्धित जिल्लामा पुु¥याउन गृह मन्त्रालयले प्रबन्ध मिलाउने उल्लेख छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घटनाका विषयमा उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग पनि गठन गरेको छ ।

आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी तथा गृह मन्त्रालयका सहसचिव नारायण भट्टराई छन् । आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । यसअघि डिआइजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप छ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित र ललितपुरका एसएसपी सिद्धिविक्रम शाहलाई हटाएको छ भने फिल्डमा खटिएका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद